काठमाडौं । काठमाडौं आएका टिकटकका प्रतिनिधिहरुले सरकारले राखेको शर्तहरु मानेपछि शुक्रवारबाट टिकटिकमाथिको प्रतिबन्ध हटेको छ ।
आज नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निणर्यअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।
यस अघि टिकटकका नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निणर्यअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।

बुधबार टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका टिकटिकका प्रतिनिधिहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका मन्त्रिपरिषद बैठकले ६ भदौमा शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निणर्य लिएको थियो ।
टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।
टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।
काठमाडौं, पोखरा लगायतका मुख्य सहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध भएकोमा सबैतिर टिकटक चल्न थालेको छ ।
Categorized in प्रबिधि