१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टानको सचिवालयमा लागेको ताला खोल्न बार्ता समिति गठन


प्रकाशित: बुधवार, १२ मंसिर २०७५, २०ः४१ बजे
- महानगरखबर

काठमाडौँ । दुई दिनदेखि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूरद्धारा सचिवालयमा गरेको तालाबन्दी खोल्न बुधवार एक वार्ता समिति गठन भएको छ । 


टान कार्यसमितिको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता समिति गठन गरेको हो । 


तालाबन्दीबाट मात्र समस्याको समाधान नहुने भन्दै टानले तत्काल वार्तामा बसी समस्याको समाधान गर्नका लागि सम्बन्धित पक्षलाई एक विज्ञप्ती प्रकाशित गरी आग्रह गरेको छ । 


सम्झौताबमोजिम सेवासुविधा बढाउन माग गर्दै पर्यटन क्षेत्रका विभिन्न मजदूर सङ्गठनले दबाबस्वरुप यही मङ्सिर १० गतेदेखि टानमा सचिवालयमा तालाबन्दी गरेका थिए । 


तालाबन्दीका कारण अत्यन्त महत्वपूर्ण दैनिक कार्य सञ्चालन गर्नसमेत अवरोध भएको र मजदूरले राखेको मागप्रति टान सधैँ सकारात्मक रहेको विज्ञप्तिमार्फत जनाएको छ । 


अध्यक्ष दाहालले कसैको हल्लाको पछि नलागी टान र मजदूरबीचको सहकार्यलाई बलियो बनाउँदै पर्यटन विकास र प्रवद्र्धनमा एकताबद्ध हुन सबैमा आग्रह गरेको छ । 


विज्ञप्तीको पूर्ण पाठ

 



 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex