८ बैशाख २०८१, शनिबार
Header

टाटाको गाडी किन्दा अफर, हिराको हारसँगै लाङटाङ भ्रमण गर्न पाईने


प्रकाशित: बुधबार, २७ भाद्र २०७५, १७ः३७ बजे
- महानगरखबर

काठमाडौं । भृकुटीमण्डमा हिजोदेखि जारी नाडा अटो शोमा टाटाको गाडी बुकिंग गरेमा ग्राहको लागि अफरको प्याकेज ल्याएको छ । 


टाटाको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले ल्याएको सो अफरमा ५ लाख बराबरको हिराको हार वा ३ लाख ५० हजार नगद छुटको व्यवस्था मिलाइएको जनाएको छ । 


मेलामा टाटाको टियागो, जेस्ट, बोल्ट, हेक्जा, नेक्सन, लगायतका गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । 


नाडा अटो शोमा टाटाको जुनसुकै गाडी खरिद गर्ने ग्राहकलाई हामीले हेलिकोप्टर चार्टर्ड गरेर लाङटाङ लैजाने कम्पनीले जनाएको छ ।

 
टाटाको टियागो, जेष्ट, बोल्ट र टिगोर खरिद गरेमा ५ लाख बराबरको हिराको हार वा ३ लाख ५० हजार नगद छुट गरिनेछ भने नेक्सन खरिद गर्दा ग्राहकले दुई लाख पचास हजार रुपैयाँ नगद छुट वा तीन लाख पचास हजार रुपैयाँको हिराको हार प्राप्त गर्न सक्नेछन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD