१३ बैशाख २०८१, बिहिबार
Header

टर्की र इरानको सीमा क्षेत्रमा भूकम्प जाँदा ८ जनाको मृत्यु


प्रकाशित: आईतबार, ११ फागुन २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आईतबार विहान टर्की र ईरानको सीमा क्षेत्रमा गएको भूकम्पको कारण ८ जना सर्वसाधरणको मृत्यु भएको छ । 


स्थानीय समय अनुसार सवा नौ बजे  ५.७ म्याग्निच्युडको भूकम्प गएको टर्कीको आन्तरिक मन्त्री सुलेमान सोयलुले स्थानीय सञ्चामाध्यमलाई बताएको उल्लेख छ । 


भूकम्पबाट तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको बताइएको छ । २१ जना घाइते भएको र त्यसमध्ये आठ जना गम्भीर रहेका अल्जजिरा जनाएको छ ।


भूकम्पले एक हजार बढी घर भत्किएका छन । घरमुनि धेरै पुरिन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का खोए, उर्मियाह र सलमास सम्म महशुस गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD