१६ चैत्र २०८०, शुक्रबार
Header

टर्की भूकम्पमा मर्नेको संख्या ९ सय बढि पुग्यो


प्रकाशित: सोमवार, २३ माघ २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । सोमवार ट्रर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ९ सयभन्दा बढी पुगेको बीबीसी हिन्दीले जनाएको छ । 


भूकम्पमा परि घाईते हुनेहरुको संख्या ५ हजार भन्दा बढि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । 


सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७ दशमल ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।


भूकम्पबाट थुप्रै घर, भवनहरुमा क्षति पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन । 


टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । यस अघि टर्कीमा १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।


अहिले सम्म ४० भन्दा बढि झट्का महशुस गरिएको तुर्कि विपद एजेन्सीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD