८ बैशाख २०८१, शनिबार
Header

टर्की भूकम्पमा मर्नेको संख्या २० हजार नाघ्यो


प्रकाशित: शुक्रवार, २७ माघ २०७९, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । टर्की भूकम्पमा अहिलेसम्म मर्नेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।


गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा धेरै मानिसहरुले ज्यान गुमाएको हो । 


भूकम्पमा परी टर्कीमा मात्रै कम्तीमा १७ हजार ६ सय ७४ जनाले ज्यान गुमाएको र सिरियमा ३ हजार ३ सय ७७ जनाले ज्यान गुमाएकोछ । सञ्चार माध्यमहरुले टर्कीका उपराष्ट्रपति फुआत ओक्तेलाई उद्धृत गर्दै सो संख्यामा मृतकहरु पुगेको जनाएको हो ।


अझै पनि पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 


विश्व बैंकले भूकम्पपीडितको उद्धार र राहतका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । 


अमेरिकी सरकारले ८ करोड ५० लाख अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेको छ ।


गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । यसअघि सन् १९९९ मा उत्तर-पश्चिम टर्कीमा शक्तिशाली भूकम्प जाँदा १७ हजारभन्दा बढीको ज्यान गएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD