१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टयाक्सी चालकद्धारा भाडा समायोजन गर्न माग


प्रकाशित: आईतबार, १५ पुष २०७५, २०ः३५ बजे
- महानगरखबर

काठमाडौँ । टयाक्सी चालकले हाल देखिएको टयाक्सी भाडादर विवादको अन्त्य गर्न बैज्ञानिक भाडा दर कायम गर्न सरकारसँग माग गरेको छ । 


काठमाडौंमा आईतबार एक पत्रकार सम्मेलन गरेर सरकार, यात्रु तथा टयाक्सी चालकबीच टयाक्सीको भाडाको विषयमा समाधान खोज्न उनीहरुले सरकारलाई गम्भिर बन्न आग्रह गरेको छ ।

 
सो पत्रकार सम्मेलनमा अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले टयाक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोजेको आरोप लगाए । 


त्यसैगरी लोकतान्त्रिक यातायात मजदुर सङ्गठनका अध्यक्ष भरत गुरुङले विसं २०६९ को ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरे । 


अखिल नेपाल मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मजदूर सङ्घका ट्याक्सी विशेष जिल्ला कमिटीका अध्यक्ष दुर्गा श्रेष्ठ, अभियानका सदस्य कमल पोखरेल, बलराम श्रेष्ठलगायतले टयाक्सी भाडा समायोजन गर्न सरकारसँग माग गरे ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex