२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

टयाक्सीमा यात्रुले विर्सिएको ७ लाख लिएर फरार भएका चालक पक्राउ


प्रकाशित: सोमबार ३१ बैशाख २०७५, १६ः१५ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । टयाक्सीमा एक यात्रुले बिर्सिएको ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका ट्याक्सी चालक अशोक थापालाई लाई महानगर प्रहरी बृत्त कमलपोखरीले पक्राउ गरेको छ ।


कमलादीमा पसल संचालन गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिा– १४ घर भएका रमेशप्रसाद पाठकको लागी उनका बाबु नारायणप्रसादले सो रकम लिएर गत २६ गते टयाक्सी चढेका तर कमलपोखरी चोकमा झर्दा पैसा लिन विर्सेका थिए ।

 
बा१ज ३६६५ नम्बरको भाडाको ट्याक्सी चालक २९ वर्षे अशोक थापाले सो मौकाका फाईदा उठाउँदै फरार भएका थिए । थपा नवलपरासीको कावासोती घर भइ काठमाडौं महानगरपालिका–५ हाडिगाउँ बस्दै आएको छ ।

 
प्रहरीले थापालाई ६ लाख नगद सहित पक्राउ गरेको हो । एक लाख ५५ हजार रुपैयाँ भने नभेटिएको प्रहरीले जनाएको छ ।


महानगरीय ट्राफिक प्रहरीको सीसी टीभी फुटेजका माध्यमबाट उक्त रकम चालकले नै लिएको थाहा भएपछि प्रहरीले चालक थापालाई पक्राउ गरेको हो ।


उक्त रकम टोखा नगरपालिका–३ स्थित वर्षा गुरुङको कोठामा राखेको अवस्थामा थापासहित बरामद गरेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika