४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टयाक्टर दुर्घट्नमा ३ को मृत्यु


प्रकाशित: आईतबार, ८ पुष २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आईतबार विहान तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 


खोटाङको दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर बिहान करीब ३ बजेको समयमा दुर्घटना हुँदा मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल रहेका छन । 


दुर्घट्नमा परि निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । 


घाईतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाउने तयारी भइरहेको छ । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा ट्याक्टर दुर्घटना भएको थियो । 


दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex