काठमाडौं । मोरङको विराटनगरमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा विहिवार तेल बोक्ने ट्याङ्करको ठक्करबाट को२८प ३८५६ नंको मोटरसाइकल पछाडी सवार पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
ना७ख ४६२३ नंको तेल ट्याङ्करले पछाडीबाट मोटरसाईकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय मनोज कार्की गम्भीर भएकाले उहाँको स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Categorized in समाज