२० बैशाख २०८१, बिहिबार
Header

टक्सार महाशाखाबाट सुनका असर्फी बिक्री सुरु, १० ग्राम असर्फीको कति ?


प्रकाशित: आइतवार, १९ कातिक २०८०, १३ः०६ बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्काको बिक्री गर्न सुरू गरेको छ ।


आइतवारबाट कातिक २४ गते सम्म बैंकले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्का बिक्री गर्ने बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।


मानिसहरु टक्सार महाशाखाका असर्फी लिनको लागि लाइन बसेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको बजार भाउ तोकेको मूल्य अुनसार आज १० ग्राम असर्फीको एक लाख २ हजार ३६५ रुपियाँ रहेको छ । 


त्यसैगरी, ५ ग्राम असर्फीका ५१ ह्जार १८३ रुपियाँ, २.५ ग्रामको २५ हजार ५९२ रहेको छ । 


चाँदी सिक्क (मेडालियन) १० ग्राम (लक्ष्मी÷गणेश÷गाई ) अंकितको एक हजार ६ सय र २५ ग्राम गाई अंकितको चार हजार मूल्य कायम रहेको छ । 


असर्फी र सिक्कको मूूल्य हरेक दिन सुनचाँदीको बजार भाउ अनुसार परिवर्तन हुने बैंकले जनाएको छ । 


बैंकले बिक्री गर्ने सुन र चाँदी दुवै उच्च कोटीको ९९९ टचको हुने उल्लेख छ । सामान्य भाषामा यसलाई २४ क्यारेटका सुन(चाँदी भनेर चिनिन्छ ।


प्रक्तिव्यक्ति सुनको असर्फी एक सेट ९१० ग्राम, ५ ग्राम र २.५ ग्रामको एकरएक वटा) खरिद गर्न पाउने गरेर सीमा तोकिएको छ । 


चाँदीमा पनि गाई अंकित २५ र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम सहितको एक सेटसम्म मात्र खरिद गर्न सकिने छ । यस्ता असर्फी र सिक्का क्युआर कोडबाट भुक्तानी गरेर पनि खरिद गर्न सक्ने सुविधा छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD