६ भाद्र २०८३, शनिबार
Header

झीगु ईच्छुमती पार्क र टुकुचा कोरिडोरको शुभारम्भ


प्रकाशित: शनिवार, १२ भाद्र २०७८, १२ः०५ बजे
- अजय खड्गी

काठमाडौँ । शनिवार एक कार्यक्रमविच काठमाडौं महानगरपालिका वडा २८ मा झीगु ईच्छुमती पार्क र टुकुचा कोरिडोर शुभारम्भ गरिएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शुभारम्भ गरेका हुन । पार्कको लागत ३७ लाख ७० हजार लागत रहेको सो पार्क महानगरले निर्माण गरेका हुन । 


पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने, ‘एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गर्नुभयो । ‘बजेटको समस्या छैन । स्थानीयमा विवाद भएन भने जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । हामी टुकुचा नदीको दायाँवायाँ दुवैतिर हिँड्न मिल्ने बनाउँछौँ ।’ 


सो अवसरमा प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गरेका छन । 


प्रदेश सभा सदस्य स्थापितको संसद कोषबाट निर्माण भएको सो कोरिडोरको करीब १ करोड ३८ लाख रुपैयाँ हो । कोरिडोर १ सय ४० मिटर लम्बाईको छ ।


सांसद स्थापितले प्रदेश सभा सदस्य स्थापितले, नदी किनारामा कोरिडोर बनाउन कसैसँग समन्वय गरिरहनु नपर्ने बताउँदै भने,‘ टुकुचामा  महानगरको विकासका अवरोध गर्ने समाज कल्याण परिषदसँग समन्वय गर्ने होइन, सम्पत्ति महानगरले लिएर विघटनको कुरा उठाउनुपर्छ ।’ टुकुचामाथि घर बनाउनेहरुको घर भत्काउनु पर्छ । टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ कोरिडोर बनाउनुपर्छ । दरबारभित्र पनि कोरिडोर बनाउनुपर्छ ।’


धेरै जनतालाई सुविधा हुने काम गर्दा कसले के भन्ला भनेर बाटो कुर्नु नहुने स्थापितको भनाइ थियो । काम सुरु गरिहाल्ने हो । विरोध आयो भने पछि जवाफ दिँदै जानुपर्छ ।


वडा अध्यक्ष भाईराम खड्गीले  पार्क निर्माण गर्ने क्रममा सार्वजनिक जग्गा पहिचान गरेर वडाले १० लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाएको जानकारी दिए । 


त्यसैगरी वडा  सदस्य देवेन्द्र खड्गीले वडाका कामका बारेमा चर्चा गर्दै तार व्यवस्थापनमा काम गर्न बाँकी रहेको बताए । 


िसरकारले बागमती, विष्णमतीसहित उपत्यकाका नदी सफाइ तथा व्यवस्थापनमा काम गरेको छ । कार्यक्रममा झीगु ईच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले ठूला नदी आमा र ईच्छुमती नदी छोरी भएको उल्लेख गर्दै यसको बचावट र सुन्दरतामा काम गर्नुपर्ने सुनाए । 


झीगु ईच्छुमती खल उपभोक्ता समिति, ईच्छुमती खोला व्यवस्थापन उपभोक्ता समिति र ईच्छुमती खोला संरक्षण मुल उपभोक्ता समितिले काम गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex