५ भाद्र २०८३, शुक्रबार
Header

झापामा कारको ठक्करबाट एक महिलाको मृत्यु


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले ठक्कर दिँदा एक महिला पैदल यात्रुको सोमबार झापाको दमकमा मृत्यु भएको छ । 


इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाको अनुसार मृत्यु हुनेमा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दै आएको थियो । 


पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex