४ भाद्र २०८३, बिहिबार
Header

झापामा आगलागी, सुतेकै अवस्थामा चार जनाको मृत्यु


प्रकाशित: सोमबार, १० मंसिर २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । गएराती झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ लालझोडा भन्ने ठाउँमा आगलागी हुँदा घरमा सुतेका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको छ । 


खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताए । 


आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएका छन् । उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । 


स्थानीयवासी, प्रहरी, वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आईसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex