काठमाडौं । झापको दमकमा रात्रीकालिन बजारको सोमबार नगर प्रमुख रोमनाथ ओलीले गरेका छन् ।
दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
वडा अध्यक्ष थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो ।
दमक नगरपालिकाको २ करोडमा सहयोग निर्माण गरिएको सो बजारमा १० बजे रातीसम्म खुला हुने भएको छ । बजारमा ४ पांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
बजारमा विश्रामस्थल र बालवालिकाको लागि बाल उद्यान समेत रहेको छ ।
Categorized in बजार