८ बैशाख २०८१, शनिबार
Header

ज्योती लाईफ इन्सोरेन्सले शुक्रवारबाट आईपिओ खोल्ने


प्रकाशित: बुधवार, १९ फागुन २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । 


ज्योती लाईफले आइतबारदेखि सुरु हुने भनिएको आईपीओ निष्कासन ज्योतिले २ दिन अगाडि सार्दै शुक्रबारदेखि नै निष्कासन शुरु गर्ने भएको हो ।


यस कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । सर्वसाधरणले ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन ।


६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।


कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD