१५ चैत्र २०८०, बिहिबार
Header

ज्योती ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतको अनुमति


प्रकाशित: सोमबार, २५ कातिक २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ज्योती ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएको हो । 


जग्गा ठगी गरेको आरोपमा ज्योति ग्रुपका संचालक तथा उद्योगी एवम् पुर्वमन्त्री रुप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बेला प्रहरीले अध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउ गर्ने अनुमति लिएको छ । पद्म ज्योति रुप ज्योतीका दाई हुन । 


गत बिहिवार रुप ज्योतिसहित उनकी छोरी सरुचि ज्योतिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।  


आइतवारमात्र अदालतले प्रहरीलाई अनुसन्धानको लागि मागेको सात दिनको समयमा पाँच दिन थप गरेको थियो । 


उद्योगी रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको बिजमाण्डुडट कममा प्रकाशित समाचारमा उल्लेख छ ।  


उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।


रुप ज्योती पक्राउ गरेको विरोधमा आईतबार राजधानीमा प्रदर्शन समेत गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD