काठमाडौं । व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह औपचारिक रुपमा विभाजन भएको छ ।
पद्म ज्योतिले आइतबार पद्म ज्योति समूहको घोषणा गर्दै लोगो समेत सार्वजनिक गरेका छन ।
समूहको अध्यक्ष पद्म ज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन ।
यसअघि ज्योति समूहका मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए । दुुई दाजुुभाई विच लामो समयदेखि विवाद चलिरहको थियो ।
उनीहरूका पिता मणिहर्ष ज्योतिले सन १९४० मा स्थापनमा गरेको घरना ज्योति ग्रप विभाजन भएको हो ।
यो समूह अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा दुई पांग्रे छन ।
Categorized in बजार