२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ज्यापू समुदाय मिहिनेती र ईमान्दार हुनः प्रधानमन्त्री देउवा


प्रकाशित: विहिवार, २२ मंसिर २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापू समुदाय महेनिती र इमान्दार समुदाय भएको बताएका छन । 


विहिवार १९ औं ज्यापू दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे दिवसको शुभकामना दिएका छन । 

 


प्रधानमन्त्री देउवाले भने,‘ नेपालका विभिन्न समुदायमध्ये ज्यापू समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा भाषा, संस्कृतिका समुदाय हुन , मेहनेती र इमान्दार समुदाय भित्र पर्छन, ज्यापू समुदाय नेपाल समुदायभित्र आफ्नो मौलिक कला संस्कृतिको कारण विशिष्ट स्थान ओगटेको छ ।’


काडमाडौं उपत्यकाको कला, संस्कृति, परम्परा, भाषाको जर्गेना गर्न ज्यापू समुदायका महत्वपूर्ण योगदान भएको प्रम देउवाको भनाई थियो ।


सो अवसरमा प्रधानमन्त्री देउवा लगायत गृहमन्त्री बालकृष्ण खाँड, पर्यटन तथा नागरिक उड्डयान मन्त्री जिवनराम श्रेष्ठ, नेकपा एमालेका नेता तथा संसद कृष्णगोपाल श्रेष्ठ, कांग्रेस नेता तथा संसद प्रकाशमान सिंह, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिती रहेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex