२ भाद्र २०८३, मंगलबार
Header

ज्यापू समाजको सामुदायिक भवन उद्घाटन


प्रकाशित: सोमवार, ३० फागुन २०७८, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शनिवार गोफः त्वाः माकः गल्ली ज्यापू समाजको सामुदायिक भवन उद्घाटन गरेका छन । 


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने,‘ आँग छेँः, त्वा छेँःजस्ता भौतिक संरचनाहरुले काठमाडौँको सांस्कृतिक, धार्मिक चालचलनको निरन्तरताका जग हुन । गुठीयारहरुलाई परम्परा धान्न चाहिने यस्ता संरचना पुननिर्माण कार्यलाई प्राथमिकता दिएका छौँ । २०७२ सालको भूकम्पले संरचना जीर्ण भएपछि खिन्न भएका गुठीयारहरुको मुहारमा खुशी देखेको छु । यसले हामीलाई पनि सन्तुष्टि दिएको छ ।’


प्रमुख शाक्यले जनताले महानगरसँग गरेका अपेक्षा पूरा गराउन आफू प्रयासरत रहेको समेत बताए । 


सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले सम्पदा बचाउने र महानगर बनाउने काममा हामीले सर्वसम्मत निर्णय गरेर काम गरेका छौँ । यसबाट महानगरबासीमा लाभ पुग्न थालेको बताईन । 


सम्पदा र संस्कृतिसँग सम्बन्धित जात्रा, पर्व, संस्कार, तथा चालचलनलाई जोगाउनु महानगरको दायित्व भनाई उपप्रमुख खड्गीश्रेष्ठले आफ्नो भनाई राखिन । 


करीब ६४ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन साढे ६ तलाको छ । कुल लागतमा १५ प्रतिशत खर्च उपभोक्ताकाले व्यहारेका छन् ।


सामुदायिक भवनमा परम्परागत बाजा राख्ने, प्रशिक्षण गर्नेलगायत सामाजिक र सांस्कृतिक क्रियाकलाप हुनेछन ।


वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, महामारीका कारण आफ्ना कार्यकालमा काम गर्न चुनौती रहेको बताउँदै जति काम भएको छ, त्यो सम्झना योग्य भएको धारणा राखे । 


२०७७ साल मंसिर २६ गते प्रमुख शाक्यले भवनको पुननिर्माण शिलान्यास गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex