२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ज्यापु समाज यलको रजतजयन्ती अवसरमा लोगो अनावरण


प्रकाशित: शुक्रबार, २२ भाद्र २०७५, १४ः२१ बजे
- रवि महर्जन

काठमाडौं । ज्यापु समाज यलको नवौं महाअधिवेशन, २५ बार्षिकोत्सव एंव रजत जयन्तीको शुभ अवसरमा विहिवार लोगो अनावरण तथा सुरक्षा निकायसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।


ज्यापु प्रज्ञाभवन ललितपुरमा आयोजित सो कार्यक्रमका प्रमुख अथिति ललितपुर महानगरपालिका मयेर चिरिबाबु महर्जनले ज्यापु समाजको २५ औं बार्षिकोत्सवको लोगो अनावरण गरेका थिए । 


प्रमुख अथिति महर्जनले ज्यापु समाजको मुर्त, अमुर्त सम्पदा, सामाजिक संस्कृतिकको जर्गेनाको लागि दृढका साथ एकताबद्ध भएर अघि बढ्नु पर्ने वताए । त्यसैगरी उहाँले महानगरभित्र भ्रष्टाचार शुन्यमा झार्ने सिद्धान्त अनुसार आफु अघि बढेको बताउँदै कहि कतै त्यस्तो घट्ना भए तुरुन्तै एक्सन लिन पछि नपर्ने जानकारी दिएका थिए । 

 

 

त्यसैगरी, कार्यक्रममा अथिति रहनु भएका ललितपुर महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले ज्यापु समाजले मनाउन गईरहेको रजतजयन्ती अवसरमा शुभकामना दिदै यस क्षेत्रमा हुने गरेको अपराधजन्य घट्नाहरु, महिला हिंसा, विकृति, विसंगीतलाई शुन्य पार्न अभियानमा लागेको जानकारी दिएका थिए । साथै उनले यस किसिमको सामाजिक संघ, संस्थाहरुको सहयोग र साथ आवश्यक भएको बताएका थिए । 


ललितपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले यस क्षेत्रको समाजिक, पर्यटन, संस्कृतिक, शैक्षिक र सुरक्षा नमुना रुपमा विकास गर्न विभिन्न चरणमा सरोकारवालासँग निरन्तर छलफल तथा बहष चलाईरहेको जानकारी दिएका थिए । 


यस अभियानमा स्थानीय संघ, संस्था, क्लवहरुको एकिकृत सहयोगको अपेक्षा समेत प्रमुख जिल्ला अधिकारी सिंहले राखेका थिए । 

 

कार्यक्रमको अन्त्यमा ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जनले समाजको स्थापाना कालदेखिको अवस्था र यही भाद्र ३० गते हुन गईरहेको समाजको महाधिवेशनबारे जानकारी दिएका थिए । साथै कार्यक्रमलाई सफल बनाउन सुरक्षा निकाय, ट्राफिक प्रहरी, व्यक्ति तथा विभन्न संघ, संस्थाहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । 

 

 

महानगरखवरको लागि तस्वीर रवि महर्जन

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika