१७ बैशाख २०८१, सोमबार
Header

ज्ञानेन्द्र मल्लले राष्ट्रको लागि १८ बर्ष खेले क्रिकेट, आजबाट लिए सन्यास


प्रकाशित: शुक्रवार, १९ साउन २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली क्रिकेट टिमका राष्ट्रिय खेलाडी तथा पूर्व क्याप्टेन ज्ञानेन्द्र मल्लले औपचारिक रुपमा खेलबाट सन्यास लिएका छन । 


शुक्रवार एक पत्रकार सम्मेलन गरी मल्लले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन । 


मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिमबाटलाई १८ बर्ष दिएको सम्झदै आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छा व्यक्त गरेका छन । 


काठमाडौं महानगरपालिका वडा २० भिमसेनथानका मल्लले क्रिकेट आउन आफूलाई सहयोग गर्ने टोलका साथीभाई, दाजुुभाई, आफन्त तथा सहयोगीहरुलाई पनि सम्झँदै भावुक बनेका थिए । 


नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्र २०७६ को कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD