४ बैशाख २०८१, मंगलबार
Header

ज्ञानमाला भजन खललाई काठमाडौं महानगरको २० लाख सहयोग


प्रकाशित: शनिवार, ०९ साउन २०७८, १९ः२० बजे
- अजय खड्गी

काठमाडौँ । ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषमा काठमाडौं महानगरपालिकाले २० लाख रुपियाँ सहयोग प्रदान गरेको छ । 


महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शनिवार विहान भजन खलमा पुगेर उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन ।


कोषको व्याजबाट भजन घरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने बताईएको छ । 


सो अवसरमा प्रमुख शाक्यले सम्पदा जोगाउन महानगरले नीति बनाएर काम गरिरहेकोले अहिलेसम्म सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धारका काममा र अमूर्त सम्पदाहरुलाई बचाउने प्रयासका लागि महानगरमा आएका कुनै पनि मागलाई रित्तो हात नफर्काएको बताएका छन । 


बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित गराइ राख्ने भजनको महत्वमा बारे प्रमुख शाक्यले चर्चा गर्दै  ज्ञानमाला भजन खलमा भएका भजन संग्रहलाई नेपाल भाषामा मात्र सीमित नराखी अन्य मातृभाषा, राष्ट्रिय र अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर अन्य समूहमा पु¥याउन सुझाव समेत दिए । 


महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले सर्वपक्षीय छलफल गराएरु यसको पुनस्र्थापनाका प्रयास गरेपछि पुनस्र्थापना भएको बताए । 


भजन घर स्वयम्भूमाथि नै छ । पाका मानिसहरुलाई त्यस ठाउँसम्म पुग्न कठिन छ । यस्ता जेष्ठ नागरिकलाई भजन सुन्ने र हेर्ने व्यवस्थाका लागि सहयोग गरिदिन खलका अध्यक्ष तीर्थ नारायण महर्जनले मेयर शाक्यलाई आग्रह गरे । 


खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूकाअनुसार यस ठाउँमा वि. सं। १९९४ साल ने. पं. १०५७ देखि यहाँ नियमित भजन हुँदै आएको छ ।  महानगरबाट सहयोग पाएपछि बर्षौँदेखिको सांस्कृतिक संस्कारले निरन्तरता पाएकोमा गर्व महसुस भएको उल्लेख गरे ।  कोषबाट प्राप्त हुने रकमबाट बाद्यसामाग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउने काम गरिनेछ ।


त्यस अवसरमा प्रमुख शाक्यले खलको घरमा बुद्धको मूर्ति अनावरण गरेका थिए । रामघाटका देवकाजी महर्जन परिवारले २ लाख ३४ हजार लागतमा तयार भएको मूर्ति भजन घरलाई दिएको हो ।


सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा १५ का वडा सदस्यहरुसहित भक्तहरु सहभागी रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD