२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ज्ञानमाला भजन खलः को शिलान्यास


प्रकाशित: शनिवार, १२ माघ २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । एतेहिसासिक सम्पदा स्थाल स्वयम्भूमा ज्ञानमाला भजन खलः को शनिवार शिलान्यास गरिएको छ ।


विनाशकारी भूकम्प र आगलागीबाट क्षति भएको भजन खलःलको शिलान्यास संसद जिवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शक्यले सामूहिक रुपमा गरेका थिए । 


काठमाडौं महानगरपालिका वडा नं १५ स्वयम्भुमा ज्ञानमाल भजन खलः शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संसद श्रेष्ठले स्वयम्भु नाथ नेपालको मात्र नभएर बिश्वको सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धनमा लागि रहेको बताएका थिए  । 


स्वयम्भुनाथ धार्मिक क्षेत्रसँगै पर्यटकीय केन्द्र भएको र उपत्यकाको सभ्यतासंग पनि जोडिएकोले सम्पदाको जगेर्ना गर्न हामी सबैको दायित्व भएको सासंद श्रेष्ठको भनाई थियो । 


त्यसैगरी महानगर प्रमुख शाक्यले आफ्नो बुवाको नाममा सहयोग घोषणा समेत गरेका थिए । उनले यस सम्पदा क्षेत्रलाई विकास गर्न महानगरपालिका सधै प्रतिवद्ध रहेको जानकारी दिए । 


सो कार्यक्रममा नेवारी बाजागाजाहरुको समेत प्रस्तुती रहेको थियो । 


कार्यक्रममा महानगरका प्रवक्ता एबम वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, स्थानीय जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex