काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
शनिवार बिहान ५ः५६ बजे उनको उपचारको क्रममा किष्ट अस्पतालमा निधन भएको अस्पताल प्रशासनले बताएको छ ।
निमोनियाको समस्यादेखिएपछि चैत १६ गते अस्पतालमा भर्ना गरिएको र १७ दिनसम्म सघन उपचार गरिएको अस्पतालले जनाएको छ ।

‘अथक प्रयास गरिएपनि स्वास्थ्यमा सुधार हुन नसकेको र आज विहान ५ः५६ बजे सेफ टीक र ह्दयघातबाट उहाँको दुःखद निधन भयो ।’ अस्पताल प्रशासनले भने ।
९९ बर्षिया उनको सम्पुर्ण उपचार खर्च अस्पताल प्रशासनले व्यहोरोको छ ।
यसअघि असोज ३० गते शताब्दीपुरूष सत्यमोहन जोशीको पनि किस्टमा उपचारको क्रममा निधन भएको थियो ।
Categorized in समाज