काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जारी जोर– बिजोर प्रणाली शुक्रवारबाट हट्ने भएको छ ।
सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाले जोर–बिजोर प्रणाली कायमै रहँदा झनै भीड बढ्न थालेको निष्कर्ष निकालेको छ ।
विहिवार जिल्ला प्रशासन कार्यालय बसेको बैठकले जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।
जोरबिजोर हटाउने सहमतिसँगै शुक्रवारबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन ।
यस अघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा गरेका थिए ।
Categorized in राष्ट्रिय