काठमाडौं । यातायात व्यवसायी तथा मजदुर संगठनहरुले जोर–विजोर प्रणाली खारेजीको माग गरेका छन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले मंसिर २५ गतेसम्ममा जोर–बिजोर प्रणाली खारेज गर्न अनुरोध गरेका हुन ।
महासंघले १८ गते सिसिएमसी र डिसिसिएमसीलाई चिठी लेखेर सो अनुरोध गरेको हो । सरकारले संगठनको माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी समेत दिएका छन ।
सरकारले कोरोनाको जोखिम देखाउँदै जोर–बिजोर प्रणालीलाई कायमै राखेको छ । व्यवसायीहरु भने जोर–बिजोर प्रणालीका कारण व्यवासायी तथा मजदुरहरु निकै समस्यामा परेको जनाएको छ ।
Categorized in राष्ट्रिय