काठमाडौं । लुटेरा समुहले जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलवर रु तीन लाख नगद लुटपाट गरेको छ ।
प्रहरीको अनुसार मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करीब रु २० हजार लुटपाट भएको छ ।
नविल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्ने क्रममा एक्कासी भित्र छिर्दै तीन जनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोज तलास जारी रहेको जनाएको छ ।
Categorized in समाज