४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

जे एण्ड तण्डुकरले दावी गर्दै आएको जग्गा सार्वजनिक 


प्रकाशित: बुधवार, २९ जेठ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । जे एण्ड तण्डुकारले दावी गर्दै आएको २ रोपनी जग्गा सार्वजनिक जग्गा भएको प्रमाणित भएको छ । 


काठमाडौँ महानगरपालिका सबै वडाका खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको क्रममा यो फेला पारिएको हो । 


काठमाडौं महानगरपालिका वडा –१० मा रहेको  उक्त जग्गा यस वडाले तारबार गरी संरक्षण गर्ने तयारी गरेको वडा अध्यक्ष डाध्यक्ष रामकुमार केसीले जानकरी दिए । 


यसअघि जे एण्ड तण्डुकरले आफ्नो हो भन्दै दाबी गरेको वडा अध्यक्ष केसीले बताए । जेठ महीनाको पहिलो साता नै वडाध्यक्षको केसी संयोजकत्वमा सार्वजनिक जग्गा पहिचान र संरक्षण समिति पनि गठन भएको छ । 


केसीका अनुसार यस वडामा हालसम्म १५ रोपनी जग्गाको पहिचान भएको जानकारी दिए । 


बत्तीस वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५, ६ मा १० र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान गरिएको हो ।


कामपाले चालू आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ । 


कामपाका अनुसार वडा नम्बर ३ मा पहिचान भएको जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika