काठमाडौं । नेपाल चलचित्र पत्रकार संघले एक भव्य समारोहको आयोजना गरी पाँच जना चलचित्र पत्रकारलाई सम्मान गर्ने भएको छ ।
संघ स्थापनाको २० बर्षको उपलक्ष्यमा २० औं स्थापना दिवस मनाउँदै संघले फिल्म क्षेत्रमा योगदान दिएका पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो ।
पत्रकारितामा १५ बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान–२०७५’ बाट सम्मान गर्न लागिएको संघले जनाएको छ ।
फिल्म क्षेत्रमा १० बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु कुवेर गिरी र शारदा थापालाई संघले ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गर्न लागिएको हो ।
पत्रकारिता पेशामा नव प्रतिभा तथा पत्रकारिता संभावना बोकेका पत्रकारहरुबाट फिल्म फोटो पत्रकार बिनोद पोखरेललाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गर्न लागिएको हो ।
नरेश भट्टराई हाल इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत रहेका छन भने आफ्नो डिजिटल शो चियापानमा व्यस्त छन ।
यस्तै श्याम स्मृत पनि विगत लामो समयदेखि फिल्म पत्रकारिता व्यस्त छन । विभिन्न संचार मिडिया गर्दै हाल उनी भिजनसंसार डटकमका सम्पादक पदमा रहेका छन ।
यसैगरी कुवेर गिरी हाल रातोपाटी डटकममा कार्यरत छन भने शारदा थापा एबिसी टेलिभिजनमा कार्यरत छिन । प्रोत्साहन पुरस्कारका बिनोद पोखरेल हाल मेरो फिल्म डटकममा कार्यरत छन ।
सम्मानमा ताम्रपत्र, दोसल्ला, ट्रफी रहनेछन् । यस्तै पुरस्कारमा नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । प्रोत्साहन पुरस्कारका लागि १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
Categorized in मनोरन्जन