१२ भाद्र २०८३, शुक्रबार
Header

जेष्ठ नागरिक भत्ता बढाईनेः प्रधानमन्त्री 


प्रकाशित: विहिवार, १ कात्तिक २०७५, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा जेष्ठ नागरिक भत्ता बढाउने बताएका छन् ।


दशैँको अवसरमा नेकपा झापा जिल्ला कमिटीले विहिवार अयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन ।

 
उनले सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको बताए । 


देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको बताएका छन् । 


कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex