२३ मङ्सिर २०७८, बिहिबार
nhudaha 1142

जेष्ठ नागरिकबाट प्रमुख शाक्यले दशैंको टिका ग्रहण गरे


प्रकाशित: बुधवार, ३ असोज २०७८, १९ः३० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले जेष्ठ नागरिकहरुबाट दशैंको टिका ग्रहण गरे ।


मंगलवार कामपा वडा ३ ले आयोजना गरेको सामूहिक टिक र जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख शाक्यले जेष्ठ नगारिकहरुलाई सम्मानसँगै उनीहरुबाट टिका लगाएका हुन । 


सो अवसरमा जेष्ठ नागरिकहरुलाई पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रमुख शाक्य र वडाध्यक्ष दीपक के. सी. ले दोसल्ला ओढाएर र रुद्राक्षको माला लगाइदिएर सम्मान प्रदान गरेका थिए ।  


पूर्व उपप्रधानमन्त्री पोखरेलले जेष्ठ नागरिकबाट टिका ग्रहण गरेपछि कार्यक्रमालाई सम्बोधन गरको थिउ । उनले दशै पर्वले सबै भाषाभाषी र जातजातिलाई सामाजिक सद्भावको सुत्रमा बाँधेको उल्लेख गरे । 


जातजाति र भाषाभाषीकाविच आपसी दुःख सुख र सौहाद्र्रताका लागि दशैँ पर्वले ठूलो भूमिका खेलेको छ । यसको सवल पक्षको प्रयोग गर्ने कामलाई वडाले अघि बढाउनु उदाहरणीय काम हो । पोखरेलको भनाइ थियो ।


महानगरका प्रमुख शाक्यले भने, ‘हरेक वडामा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउँदै छौँ । जेष्ठ नागरिकमैत्री पार्क निर्माण गर्दैछौँ । स्वास्थ्य उपचारलाई सहज बनाउने प्रणाली विकास गर्दैछौँ ।’


दशैको टीकालाई समावेशी बनाउन खोजेका प्रमुख शाक्यले बताए । उनले भने, ‘यहाँ हामीले जात छुट््याएका छैनौँ । वडामा भएका जुनसुकै जातका भए पनि जेष्ठ नागरिकलाई बोलाएका छौँ । सबैले सबैलाई टीका लगाइदिनुहुन्छ ।’


सो अवसरमा वडा अध्यक्ष शाक्यले हरेक वर्ष दशैँमा वडामा भएका बुबाआमाहरुबाट सामुहिक रुपमा शुभकामना लिने चलन चलाएका बताए । 


त्यस क्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरुलाई खीरसहित भोजनको व्यवस्था गरिएको थियो ।
 

jibanshaili
Home Page Bottom Second


kmc AD1
nobal co AD
dasAi AD 2078
dasai naya
kmc AD
chunikhel ad
maharjan complex