८ बैशाख २०८१, शनिबार
Header

जेष्ट बचतको १३ औं बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: आईतवार, १७ असोज २०७८, १७ः०० बजे 
- केडिआर

काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । 


सामाखुसी काठमाडौंमा आयोजित सभामा सञ्चालक समितिबाट पेश भएको विषय, प्रस्ताहरु सभाले अनुमोदन गरेको छ । संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षले पेश प्रस्तुत गरेका प्रतिवेदनहरु, आ.ब. २०७७/०७८ को लेख परीक्षण प्रतिवेदनहरु, लेखा समितिको प्रतिवेदनहरुलाई सभाले पारित गरेको छ । 


त्यसैगरी आ.व. २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ती तथा नीजको पारिश्रमिक सम्बन्धमा, प्रमुख कार्यकारीको तलव, भत्ता तथा सञ्चालक समितिको बैठक निर्धारण सम्बन्धमा, निर्णय पुस्तिका प्रमाणित गर्न संचालक समितिको तर्फबाट र सेयर सदस्यहरु मध्येबाट ७/८ जना प्रतिनिधि चयन गर्ने, घर जग्गा खरिद–विक्री गर्ने सम्बन्धमा राखिएको विषय प्रस्तावहरु पारित गरिएको छ । 


सभाबाट संचालक समितिको निर्णय अनुमोदन, लाभांश वितरण अनुमोदन, संस्थाको नीति, कार्य, विधिहरु संशोधन तथा पारित सम्बन्धमा, मर्जर सम्बन्धमा छलफल भई पारित भएको संस्थाले जनाएको छ । 


सहकारीले सभामा असार २०७८ मसान्त सम्मको वित्तिय कारोवार प्रस्तुत गरेका छ । 


संस्थाको शेयर पूँजी ११ करोड ३२ लाख ५० हजार २ सय, बचत (निक्षेप) १ अर्व ७७ करोड ६ लाख २० हजार ४७ रुपियाँ १० पैसा मात्र, जगेडा तथा अन्य कोष ११ करोड ८७ लाख ४३ हजार ४५१ रुपियाँ ३९ पैसा, कर्जा जोखिम कोष ६ करोड ५७ लाख १६ हजार ७४४ रुपियाँ ३२ पैसा रहेको छ । 


त्यसैगरी नगद तथा मौज्दात २७ करोड ९५ लाख १५ हजार ६३२ रुपियाँ ७० पैसा, कर्जा तथा सापटी २ अर्ब ५ करोड ८९ लाख १० हजार २७४ रुपियाँ ८५ पैसा, स्थिर सम्पती १३ करोड ५ लाख ३२ हजार ३३१ रपियाँ २० पैसा, नाफ नोक्सान (आयकर अघि) १ करोड ४९ लाख ९ हजार ६ सय ९० रुपियाँ ४६ पैसा, लगानी हिसाब ३ करोड ४४ लाख ९६ हजार मात्र रहेको विवरण प्रस्तुत गरिएको थियो । 


संस्थाले कुल २ अर्ब ५२ करोड ४१ लाख ३४ हजार ७४० रुपियाँ २५ पैसाको कारवार गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD