२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जेन–जी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप


प्रकाशित: आइतवार, ६ पुस २०८२, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटनाको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । 


मन्त्रिपरिषद्को बैठकले आयोगलाई प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिएको हो । 


पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन ।  सरकारले गत ५ असोजमा आयोग गठन गर्दै तीन महिनाभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउन समयसीमा तोकेको थियो । 


तर निर्धारित समयमा काम पूरा हुन नसकेपछि सरकारले आयोगलाई थप एक महिनाको समय दिएको हो । आयोगले घटनासम्बन्धी अधिकांश सरोकारवालाहरूको बयान लिइसकेको जनाइएको छ ।


आयोगले थपिएको समयभित्र बाँकी प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex