काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले देशभरका जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गरी प्रत्येक परिवारलाई रु १० लाख राहत दिने आदेशमा हस्ताक्षर गरेकी मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन ।
सरकारी अधिकारीहरूको प्रारम्भिक विवरणअनुसार आन्दोलनका क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी कुल ७२ जनाको ज्यान गएको जनाइएको छ ।
सोही क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको पनि अधिकारीहरूले बताएका छन ।
सरकारले पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रक्रियाका लागि निर्देशन दिइसकेको छ ।
भदौ २३ गतेदेखि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारबिरुद्ध आन्दोलनमा उत्रिएका युवा समूह (जेन–जी) र सुरक्षा शक्तिबिच भएको झडप तीव्र हुँदै गएपछि विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो जसको परिणामस्वरूप जनधनको क्षति र मानवीय क्षतिमा वृद्धी भएको थियो ।
तस्वीरः कान्तिपुर
Categorized in राष्ट्रिय