८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १६, गृहमन्त्रीको राजीनामा माग


प्रकाशित: सोमवार, २३ भाद्र २०८२, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । 


ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । 


अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै ८ जना, सिभिलमा ३, एभरेष्टमा ३, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।


कांग्रेसको आक्रोशः 


नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन । 


केन्द्रीय सदस्य गोविन्द पोखरेलले गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिन सुझाव दिएका छन । नेविसंघका नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गरेकी छन । 


माओवादीले माग्यो ओली सरकारको राजीनामा 


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । 


गोरखामा बसेको नेताहरूको अनौपचारिक बैठकले ‘सरकारले नरसंहार गरेको’ भन्दै अभियान स्थगित गरी सबै शीर्ष नेताहरू काठमाडौं फर्कने निर्णय गरेको छ । 


उपमहासचिव जनार्दन शर्माले ‘आन्दोलनकारीहरूको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण’ गर्नुपर्नेमा जोड दिएका छन । 


सरकारको तर्कः


यसैबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी आन्दोलनमा ‘अराजकतावादी र प्रतिगमनकारी घुसपैठ’ भएको दाबी गरेका छन ।  
उनले संसद भवन र सिंहदरबारमा आक्रमण प्रयासपछि घटना दुःखद बनेको बताए ।


सामाजिक सञ्जाल तत्काल पुनः सञ्चालन गर्नेबारे कुनै निर्णय नभएको पनि उनले स्पष्ट पारे । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex