२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जेनजी आन्दोलनमा तोडफोड र आगजानी घट्नमा ७०० बढी पक्राउ


प्रकाशित: आइतवार, २१ मंसिर २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनपछि ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन । 


नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत सातासम्म देशभर ७०५ जना पक्राउ परिसकेका हुन ।


पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकामा मात्रै संख्या सबैभन्दा बढी छ । 


उपत्यकाबाट ३११ जना पक्राउ परेका छन्, जसअन्तर्गत १६९ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन । काठमाडौँमा २६१ जना, ललितपुरमा २७ जना र भक्तपुरमा २३ जना पक्राउ परेका छन । 


उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्रै १५१ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये ८३ जनाको आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ । 


समग्रमा ५४ प्रतिशत व्यक्तिको आपराधिक इतिहास देखिएको प्रहरीको तथ्यांकले देखाउँछ। केही त जेलबाट फरार अभियुक्तसमेत रहेको बताइएको छ ।


प्रहरीका अनुसार आन्दोलनका क्रममा तोडफोड, आगजनी, हतियार लुटपाटलगायत गम्भीर घटनामा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ ।


काठमाडौँ जिल्ला प्रहरी परिसरमा १४६ वटा मुद्दा दर्ता भएका छन । 


तीमध्ये सबैभन्दा धेरै ९६ वटा मुद्दा आपराधिक उपद्रव सम्बन्धी छन ।  यही मुद्दामा १५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


भदौ २४ मा काठमाडौँमा चार जनाको हत्या प्रकरणमा संलग्न १३ जनालाई पनि प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ ।


प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा ८५ जना पक्राउ परेका छन र २७ वटा मुद्दा दर्ता छन । मधेस प्रदेशमा ५० जना पक्राउ पर्दा २८ मुद्दा दर्ता भएका छन । 


बागमती प्रदेशमा ८४ जना विरुद्ध ४० मुद्दा, गण्डकीमा ९६ जनामाथि ३४ मुद्दा र लुम्बिनीमा ८७ जनामाथि ३८ मुद्दा दर्ता भएका छन । 


कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पक्राउ र मुद्दाको संख्या कम रहेको प्रहरीले जनाएको छ । 


कर्णालीमा चार जना पक्राउ पर्दा तीन मुद्दा दर्ता भएका छन भने सुदूरपश्चिममा १४ जना पक्राउ हुँदा चार वटा मुद्दा दर्ता भएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex