८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जेनजी आन्दोलनमा घाइतेलाई जनही १५ हजार राहत, हेरौं मन्त्रिपरिषद्को थप निर्णयहरू 


प्रकाशित: मंगलवार, २ मंसिर २०८२, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई तत्काल राहतस्वरूप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णय सार्वजनिक गरेका हुन ।

 
१) २,४२९ घाइतेलाई राहत


भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा २,४२९ जना घाइते भएका थिए । ती सबैलाई सरकारले तत्काल राहतस्वरूप रकम वितरित गर्ने तयारी गरेको मन्त्री खरेलले जानकारी दिए ।


२) अनुदान सहायता स्वीकार गर्ने निर्णय


बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वेले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता औपचारिक रूपमा स्वीकार गर्ने निर्णय गरेको छ ।


३) नेप्से पुनर्संरचना समिति गठन


नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना आवश्यक देखिएकाले त्यसका लागि अध्ययन गरी सुझाव पेस गर्ने उद्देश्यले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको छ ।


उक्त समितिको संयोजकत्व प्रकाशजंग केसीले संभाल्नेछन ।


४) विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश सिफारिस


मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।


५) विदेशीका लागि माथिल्लो मुस्ताङ शुल्क प्रतिदिन ५० डलर


माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकबाट लिनुपर्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा तोक्ने निर्णय गरिएको छ ।


यसका लागि अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा आवश्यक संशोधन गर्ने निर्णय गरिएको हो ।


६) अंग प्रत्यारोपण केन्द्रमा नयाँ कार्यकारी निर्देशक


बैठकले सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex