काठमाडौँ । सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
आईतवार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल चलेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी गरिएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।
Categorized in राष्ट्रिय