२५ आश्विन २०८३, आइतबार
Header

जेठ २ देखि काठमाडौंमा सगरमाथा संवाद हुने


प्रकाशित: मंगलवार, ३० बैशाख २०८२, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । आगामी जेठ २ देखि ४ गते सम्म काठमाडौंमा सगरमाथा संवाद हुने भएको छ ।


मंगलवार परराष्ट्रमन्त्री डा. आरजु राणाले पत्रकार सम्मेलनमा जानकारी दिँदै सगरमाथा संवादमा  १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने बताएकी छिन ।

 
संवादमा ३ सय ५० जना सहभागी रहने र  संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने उनले जानकारी दिइन । 


संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको उनको भनाइ छ ।


मन्त्री राणाकाअनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरुप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ ।


जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन ्। तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन । 


१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ ।


सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex