७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने मन्त्रिपरिषदको निर्णयसँगै यी थप निर्णयहरु


प्रकाशित: विहिवार, २७ बैशाख २०८१, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । विहिवार बसेका मन्त्रिपषिद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार प्रस्तुत गर्ने निर्णय गरेका छ ।


बैठकले मंगलबार दिउँसो ३ गते संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन । 


बैठकले प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ । 


मन्त्री शर्माले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको बताईन । 


बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, मनोनयन गर्ने निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex