७ बैशाख २०८१, शुक्रबार
Header

जेठ १४ गतेबाट महानगरले ५० हजारको एन्टिजेन परीक्षण गर्ने


प्रकाशित: मंगलवार, ११ जेठ २०७८, २ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेठ १४ गतेबाट पाँच दिनभित्रमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । 


महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने भएको छ  ।


जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको बताए । 


कुँवरका अनुसार  पोजेटिभ देखिएका विरामीलाई थप परीक्षण र आइसोलेसनका माध्यमबाट समुदायबाट छुट््याउँदै लगिनेछ । नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमणबाट मानिसहरु थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन प्रयास गरिरहेको छ ।

 
परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ्ग (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । कोविडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD