१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जेठमा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो


प्रकाशित: विहिवार, ३१ बैशाख २०८३, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । 


सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार वैशाखको तुलनामा जेठमा औसत ब्याजदर घटेको हो ।


बैंकहरूको तथ्यांकअनुसार वैशाखमा औसत ४.४ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर जेठमा घटेर ४.३ प्रतिशतमा झरेको छ । 


यद्यपि १२ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ब्याजदर स्थिर राखेका छन् भने अधिकतम ब्याजदर स्थिर राखेका छन भने सिद्धार्थ बैंकलेले भने सामान्य वृद्धि गर्दै ४ प्रतिशतबाट ४.०५ प्रतिशत पुर्‍याएको छ ।

 


जेठ र वैशाख दुवै महिनामा अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.७५ प्रतिशतसम्म ब्याज दिएका छन्। 


हाल सबैभन्दा बढी ब्याज राष्ट्रिय बाणिज्य बैंकले ४.७५ प्रतिशत प्रदान गरिरहेको छ भने सबैभन्दा कम ३.९६ प्रतिशत कुमारी बैंकमा  कायम रहेको छ।


बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती निक्षेपभन्दा करिब १ प्रतिशतसम्म बढी ब्याज दिने गरेका छन्।


निक्षेप उच्च, कर्जा माग कमजोर


बैंकिङ प्रणालीमा लामो समयदेखि कर्जा लगानी योग्य रकम (लगानीयोग्य तरलता) उच्च रहँदा ब्याजदर निरन्तर घटिरहेको छ। हाल बैंकहरूसँग करिब १२ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा प्रवाह अपेक्षाअनुसार नबढेपछि बैंकहरूले २.५० देखि ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्रिय बैंकमा रकम राखिरहेका छन ।


नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५८ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन । 


मासिक रूपमा २ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिँदा निक्षेप बढ्न गएको हो ।


बैंकअनुसार ब्याजदर (प्रतिशतमा)


कृषि विकास बैंक: ४.१५ (स्थिर)


एभरेष्ट बैंक: ४.०५ (स्थिर)


नेपाल बैंक: ४.२५ (घटेको)


लक्ष्मी सनराइज बैंक: ४.५० (स्थिर)


माछापुच्छ्रे बैंक: ४.५० (स्थिर)


एनआईसी एशिया: ४.५० (घटेको)


प्रभु बैंक: ४.५५ (स्थिर)


स्ट्यान्डर्ड चार्टर्ड: ४.०० (घटेको)


राष्ट्रिय वाणिज्य बैंक: ४.७५ (स्थिर)


नबिल बैंक: ४.५५ (स्थिर)


ग्लोबल आइएमई बैंक: ४.५० (स्थिर)


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ४.५० (स्थिर)


सिद्धार्थ बैंक: ४.०५ (बढेको)


प्राइम कमर्सियल बैंक: ४.१५ (स्थिर)


कुमारी बैंक: ३.९६ (घटेको)


सानिमा बैंक: ४.५० (स्थिर)


हिमालयन बैंक: ४.००२ (घटेको)


नेपाल एसबीआई बैंक: ४.२५ (स्थिर)


एनएमबी बैंक: ४.८० (घटेको)


सिटिजन्स बैंक: ४.१० (घटेको)

asteriskhubs
Home Page Bottom Second


maharjan complex