२ भाद्र २०८३, मंगलबार
Header

जेठमा मुलुकभर १६५ महिलामाथि हिंसा


प्रकाशित: मंगलवार, १७ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । समाजिक संस्था महिला पुनःस्थापना केन्द्र (ओरेक) ले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनमा मुलुकभर १६५ महिलामाथि हिंसाका घट्नाहरु भएका छन । 


ओरेकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठमा ७८ घरेलु हिंसा, ५२ यौन हिंसा, १४ सामाजिक हिंसा, छ हत्या, छ मानव बेचविखन र तीन पारिवारिक स्रोतका अनुसार लैङ्गिक विभेदका कारणले आत्महत्याका घटना भएका छन । 


त्यस्तै दुई बेचविखन प्रयास र चार अन्य प्रकारका हिंसाका घटना भएका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । 


उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५० जना १७ देखि २५ वर्ष उमेर समूहका महिला छ भने त्यसपछि हिंसामा पर्ने ४६ जना १६ वर्षभन्दा कम उमेरका किशोरी रहेका छन ।


त्यस्तै  ३९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १९ जना ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका आरेकले जनाएको छ । प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ६८ हिंसा श्रीमान्बाट भएको देखिएको छ भने त्यसपछि ४४ हिंसाका घटना छिमेकीबाट र १४ परिवारका सदस्यबाट भएको पाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex