१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

जेठको लागि ३ वटा बैंकले बढाए ब्याजदर, अरुले घटाए 


प्रकाशित: सोमवार, ३१ बैशाख २०८१, १२ः३२ बजे
- महानगरखवर

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर ३ वटा बैंकले समान्य बढाएका छन भने अरुले घटाएका हुन । 


व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले जेठको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन ।


ब्याजदर बढाउनेमा एनआइसी एशिया बैंकले ७.७५ प्रतिशतबाट बढाएर ब्याजदर ७.८ प्रतिशत बनाएका छन । 


प्रभ र  ग्लोबल आइएमइ बैंकले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुराएका छन ।


अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ । यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्।


१९ वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ६.४ प्रतिशत ब्याजदर दिने भएको हो ।  


एनएमबिले जेठको लागि ७.८ यस अघि बैशाखमा ७.९७ प्रतिशत व्याज दिएको थियो ।


त्यसैगरी, सिटिजन्सले बैशाखमा ७ दशमल ५ प्रशिशत दिएकोमा जेठमा७ प्रतिशतमा दिने भएको छ । हिमालयन ७.५, कुमारी ७.२६, माछापुच्छ्रे ७.२५, नबिल बैंक ६.७५ यस अघि बैशाखमा ७.२५ प्रतिशत दिएको थयो । 


त्यसैगरी, सिद्धार्थ ७, प्राइम कमर्सियल ७,  सानिमा ६.९, लक्ष्मी सनराइज ७,स्ट्यान्डर्ड चार्टर्ड ७, एभरेष्ट ६.५, नेपाल इन्भेष्टमेन्ट ७, नेपाल बैंक ६.७५, राष्ट्रिय वाणिज्य बैंक ६.४ र नेपाल एसबिआइ ६.३९, प्रतिशत बैशाखमा ६. ५३ दिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex