२० बैशाख २०८१, बिहिबार
Header

जुवा खेलेको आरोपमा मैतीदेवीबाट कलाकारसहित ९ जना पक्राउ


प्रकाशित: बुधवार, १५ कातिक २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । जुवातास खेलेको आरोपमा शनिवार काठमाडौंको मैतीदेवीबाट कलाकारसहित ९ जना पक्राउ परेका छन । 


प्रहरी वृत्त सिंहदरबारका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२९ मैतिदेवीस्थित डान्स फिभर बाट उनीहरु पक्राउ परेका हुन । 


पक्राउ पर्नेमा डान्स फिभरका सञ्चालक ४५ वर्षीय कलाकार गजित भन्ने गणेश विष्ट छन ।  उनले मायाज बार नामक फिल्ममा काम गरिसकेका छन । 


उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर), गायक चक्र बम र इकु नामले चिनिने चर्चित कलाकार सुलेमान शंकर रहेका छन । 


यस्तै रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेको प्रहरीले जनाएको छ । 


उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD