काठमाडौं ।माछापुच्छ्रे बैक र सन्ध्या फाउण्डेशनद्धारा जुम्लाका मालिका आधारभूत विद्यालय आचार्यवडा जुम्लाका विद्यार्थीलाई न्यानो कपडासहित विद्यालय पोशाक, जुत्ता, खेलकूदका सामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ ।
सो विद्यालयका दलित, गरीब र विपन्न वर्गका १० जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो ।
सिंगाचौरका एक बालक, कर्णाली मावि अनामनगर जुम्लाका एक विद्यार्थी र मालिका आधारभूत विद्यालय आचार्यवाडा जुम्लाका छ छात्रा र चार छात्र गरी कुल १२ जनालाई न्यानो कपडासहित अन्य सामग्री बितरण गरिएको सन्ध्या फाउण्डेशन नेपाल जुम्लाका अध्यक्ष अङ्गद देवकोटाले जानकारी दिए ।
Categorized in बैंक