१३ भाद्र २०८३, शनिबार
Header

जुता भित्र २ केजी ८ सय ३० ग्राम सुन भेटियो 



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २० बर्षीय रोकेश पाडिगेला र २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् । जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा भेटिएको सो सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 
 हाल बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex