२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जीवित देवी कुमारीले उपत्यकाको सांस्कृतिक महत्व बोकेको छ


प्रकाशित: सोमवार, ३० फागुन २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले जीवित देवी कुमारीले उपत्यकाको सांस्कृतिक महत्व बोकेको बताएको छ । 


प्रमुख शाक्यले ह्यूमत मिसा पुचःले पचली भैरवको प्रांगणमा आयोजित जीवित कुमारीको तेश्रो पटक बृहत पूजाको समापन कार्यक्रममा सो बताएका हुन । 

 


उपत्यकाका विभिन्न ११ ठाउँमा भएका जीवित कुमारीको पूजा आयोजना गरिएको थियो । 


सो अवसरमा प्रुमख शाक्यले भने, ‘जीवित देवी कुमारीको स्थापना प्रथा होइन । यसले उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक र धार्मिक पक्षको मौलिकपन बोकेको छ । यसको व्यवस्थापन र प्रवर्धनमा योजनाबद्ध काम गर्नुपर्छ ।’ 


‘जीवित देवी कुमारीको गरिमा बचाउन महानगरको नीति, कार्यक्रम र योजनाका विषयमा अन्य पालिकाहरुले हेरिरहेका छन् । नगर प्रमुखहरुले हामीसँग सोधखोज गरिरहनु भएको छ । सम्पदा भनेको कुनै जात विशेषको होइन, यी त साझा सम्पत्ति हुन । विविधतामा एकता हाम्रो पहिचान हो ।’ प्रमुख  शाक्यले भने । 


कार्यक्रममा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन, ‘धार्मिक तथा सांस्कृतिक पर्यटन उपत्यकाको ठूलो सम्भावना हो । यसले स्थानीयबासीको पनि देशको पनि आयमा वृद्धि गर्छ । मौलिकता पनि बच्छ र गरिमा पनि बढ्छ ।’ उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो, ‘स्थानीय सरकार र समुदायमा मिल्ने हो भने यसबाट छिट्टै परिणाम आउँछ ।’


कार्यक्रममा सहभागी पनौती नगरकी उपप्रमुख गीता बञ्जाराले नगरले जात्रा–पर्व, संस्कृत–सम्पदा प्रवद्र्धन तथा संरक्षणको कार्यमा विशेष व्यवस्थापन गरिरहेको बताईन । 


नेपाल घुम्न आउने अधिकांश पर्यटकहरुले जीवित देवी कुमारीको दर्शन गर्ने गरेको अनुभव सुनाउँदै काठमाडौं लाय्कू कुमारीका चिताइदार एवं इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जीवित देवी कुमारीका विषयमा प्रचार प्रसार र गरिमा प्रवर्धन हुनुपर्नेमा जोड दिए । 


जीवित देवी कुमारीको पूजा २०७० सालमा पहिलो र दोस्रो पूजा २०७३ सालमा भएको थियो ।


कार्यक्रममा जीवित कुमारीको पूजामा सम्पन्न गर्नमा विशेष सहयोग गर्नुहुने व्यक्तिहरुलाई कदर स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा काठमाडौं महानगरपालिको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, वडा १२ का अध्यक्ष विकास डंगोल लगायत जनप्रतिनिधि र उपत्यका विभिन्न ठाउँबाट आउनुभएका भक्तहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex