८ बैशाख २०८१, शनिबार
Header

जीवित देवी कुमारीको भत्ता बढ्यो, मासिक ५० हजार


प्रकाशित: आईतबार, १५ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको भत्ता बढाएको छ । 


महानगरपालिकाले कुमारीले पाउँदै मासिक २५ हजारमा बढाएर ५० हजार पुगाएको आईतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 


खुसिबुँस्थित नेपाः ब्याँकेटमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दुर शाक्यले कुमारी, चिताईदार, पुर्व कुमारी, पूर्व गेणेश र भूर्व भैरवको भत्तामा बृद्धि गरेको जानकारी दिए । 


भत्तामा बृद्धि गरिए अनुसार चताइदारले पनि मासिक २५ हजार पाउँदै आएकोमा अब ५० हजार पाउने भएको छ । 


त्यसैगरी अब हरेक महिना पूर्व कुमारीले १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेछन भने चिताइदारले भने १५ हजार प्राप्त गर्नेछन । 


यस अघिसम्म पूर्वभैरव र गणेशले ८–८ हजार र पूर्व कुमारी र चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए ।


सो अवसरमा काठमाडौँ महानगरपालिकाले ईन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले सो समितिलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो । यो वर्षदेखि करीब २४ लाख रुपयाँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ ।


यो बर्षबाट इन्द्रजात्रकाको लागि आवश्यक खर्च व्यवस्थापन महानगरपालिकाले गर्ने भएको छ । यस अघि केन्द्र सरकारले १० लाख सहयोग प्रदान गर्दै आएको थियो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD